प्रभु बैँकका अध्यक्ष तथा पूर्वसांसद् भट्टचन पक्राउ
व्यवसायी तथा नेकपा (एमाले) का पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन्।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले मंगलबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनामा उनलाई पक्राउ गरिएको सिआइबी प्रमुख मनोज केसीले जानकारी दिएका छन्।
उनलाई रेमिटेन्सको रकम ठगीसम्बन्धी मुद्दामा पक्राउ गरिएको केसीले जानकारी दिए।
प्रभु रेमिटेन्स तथा सहकारीको पैसा प्रभु ग्रुपले हिनामिना गरेको विषयमा भट्टचनविरुद्ध यसअघि नै उजुरी परेको थियो।
प्रभु ग्रुपकै पूर्वसञ्चालक कुसुम लामाले भट्टचनविरुद्ध उजुरी गरेकी थिइन्। भट्टचन प्रभु समूहका अध्यक्ष हुन्।
