नेपाली ब्राण्ड मोमोको विश्वयात्रा
देशसञ्चार चौतारीको आजको श्रृंखलामा हामीले अस्ट्रेलियामा नेपाली मोमो ब्रान्ड स्थापना परेका होम प्यासीलाई निम्त्याएका छौँ।
अष्ट्रेलियामा उनले स्थापित गरेको ८८४८ मोमोको ब्राण्ड अहिले उनले युरोप, अमेरिका, मध्यपूर्व, जापान हुँदै पपुवा न्यू गिनीसम्म फैल्याएका छन्।
‘अब बिस्तारै हाम्रो ब्रान्ड नेपाल र भारतमा पनि फैल्याउने सोच छ,’ देशसञ्चार चौतारीको अन्तर्वार्ताका क्रममा होम प्यासीले भने।
मोमोको व्यापारमा जमेका प्यासीले ‘मोमोस्ते’ भन्ने नेपाली अभिवादन शैली पनि अभ्यासमा ल्याएका छन्।
केहीअगाडि नेपाली रेस्टुरेन्ट चलाउँदा असफल भएपछि उनले मोमोको व्यापार सुरु गरेका थिए। ‘अहिले म मोमोमा पूर्णतया: सफल भएको छु,’ उनले देशसञ्चार चौतारीका क्रममा भने।
उनले अष्ट्रेलिया र न्युजिल्यान्डमा मोमोको साम्राज्य जमाएका छन्। उनले ब्रिजवेनमा खोलेको कारखानामा दैनिक २ लाखसम्म मोमो बनाउँछन्। त्यही कारखानामा खोलेको मोमो उनले अष्ट्रेलिया र न्युजिल्यान्डसम्म पुर्याउँछन्। ‘एउटै कारखानामा बनाएको मोमो सबैतिर पुर्याउने भएकाले हाम्रो उत्पादनम एकरूपता हुन्छ,’ उनले भने।
जापान, युरोप, अमेरिकामात्र होइन, अहिले मध्यपूर्व र पपुवा न्यु गिनीसम्म उनले ८८४८ ब्रान्डको मोमो फैल्याएका छन्।
होम प्यासीसँग गरिएको देशसञ्चार चौतारीको पूरा भाग:
