सडक डिभिजनका ४८ क्रोनिक ठेक्का तोड्ने प्रक्रिया तीव्र
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सहरी विकास मन्त्री कुलमान घिसिङले निर्माण कार्यमा लापरबाही गर्ने र वर्षौंसम्म आयोजना अलपत्र पार्ने ठेकेदारहरूमाथि कडा कारबाही सुरु गरेका छन्।
यसै क्रममा सडक डिभिजन अन्तर्गतका ४८ वटा ‘क्रोनिक’ ठेक्काहरू तोड्ने प्रक्रिया अगाडि बढेको छ।
सम्बन्धित ठेकेदार कम्पनीलाई सार्वजनिक सूचना मार्फत १५ दिनभित्र अहिलेसम्म काम गर्न नसकेको कारण पेश गर्न निर्देशन दिइएको छ।
चित्तबुझ्दो जवाफ नआएमा वा काममा प्रगति नदेखिएमा कानुनबमोजिम ठेक्का सम्झौता अन्त्य गरिने मन्त्रालयले जनाएको छ।
लामो समयसम्म ठेक्का लिएर काम नगर्ने, जसका कारण विकास आयोजनाहरू वर्षौंसम्म अलपत्र पर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न विभागले सूचना प्रकाशित गरेको हो।

